Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा मिनि ट्रक दुर्घटना, दुई जनाको घटनास्थलमा नै मृत्यु


16K
Shares

गोरखामा मिनि ट्रक दुर्घटना, दुई जनाको घटनास्थलमा नै मृत्यु

गोरखा १६, पुस । गोरखाको माछाखोलामा आज भएको मिनी ट्रक दुर्घटनामा परी २ जनाएको मृत्यु भएको छ भने अन्य २ जना गंघिर घाईते भएका छन् ।

शुक्रबार आरुघाटबाट माछाखोला तर्फ जादै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक धार्चे गाउँपालिका ५ को माछाखोला बजार नपुग्दै १ किलोमिटर वर दुर्घटना हुदा २ जना मृत्यु भएको भएको हो । सोही मिनी ट्रकमा सवार अन्य ४ जना पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।

गाडीमा सवार अन्य ४ जना मध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो । घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाँ निवासी आशमान गुरुङको टाउकोमा चोट देखिएकोले तत्कालै आरुघाट तर्फ उपचारको लागि ल्याउदै गरिएको प्रनाउ दाहालले बताउनु भयो।

अन्य घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाकै शरनी गुरुङ र उनी २ बर्षिया छोरी सपना गुरुङ र धार्चे ५ की अस्मिता गुरुङ भएको पुष्टी भएको छ । २ बर्षिया बालिका भने अहिले पनि बेहोश अवस्थामा माछाखोलाको एक मेडिकलमा उपचार भई रहेको छ ।

मृत्तक मध्ये सोही ट्रकका चालक धादिङ घर भएका निराजन नेपाल भएको पुष्टी भएको र अन्य १ जनाको भने पहिचान खुल्न नसकेको गोरखा प्रहरीले जनाएको छ । चालकको उद्वार गरी स्थानिय मेडिकलमा उपचारको लागि लादालादै बाटो मृत्यु भएको थियो भने पहिचान खुल्न नसकेको ब्यक्तिको भने घटना स्थलमा नै मृत्यु भएको हो ।

ट्रक कच्चीबाट १०० मिटर तल बुढीगण्डकी किनारमा खसेको छ । बिहान ११ः५५ बजे भएको सवारी दुर्घटना लगत्तै प्हरी घटना स्थलमा पुगेर उद्वारमा जुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology