गोरखा । गोरखाको उत्तरी भेगमा हिमपात भएको छ । चुमनुव्रि गाउँपालीका अन्तरगत लाप्राकको गुप्सी पाखा, लोक्पा, साम्दो लगायतका क्षेत्र हिउँले ढाकेको छ । हिउ परे संगै चिसो बढेकाले त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ ।
गैर आवासिय नेपाली संघले निमाण गरिदिएको भवन रहेको गुप्सी पाखा र त्यस वरपरको क्षेत्रमा भारी हिमपात हुदाँ पुरै घर हिउँले ढोकेको स्थानिय जेशन गुरुङले बताए ।

हिउँ २ फिट भन्दा बढी परिसकेको छ । त्यस्तै गरी उत्तरी गोरखाको अधिकाश भागमा हिउ परेको छ । उत्तरी गोरखाको साम्दो, सामागाउँ, प्रोक, ल्हो, बिही, सिर्दीबार, चुम्चेत तथा छेकम्पारमा रहेको बस्ती समेत हिउँले ढाकेको छ ।
उत्तरी क्षेत्रमा हिउँ पर्दा जनजिवन प्रभावित भएता पनि स्थानिय खुशी भएका छन् । त्यस क्षेत्रमा हिउँ परे मात्र बाली राम्रो हुने विश्वास छ ।

हिउँकै कारण धेरै जसो गाउँका युवाहरु गाउँ छाडेर राजधानी प्रवेश गरेका छन् भने केही चितवन गएको केही पोखरा गएका छन् । अहिले उत्तरी क्षेत्रका धेरै जसो गाउँमा बृद्वबृद्वा मात्र रहेका छन् ।


तस्बिर जेशन गुरुङ÷लाप्राक
तस्बिर निमा दोर्जेसाम्दो