गोरखा, ११ पुष । गोरखामा अवैध रुपमा सालको काठ काटेर ओसारपसार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका १० वीरेञ्चोकस्थित प्रणामी फर्निचर उद्योगका सञ्चालक भगवान कार्की र ट्याक्टर चालक सोही ठाउँका कृष्ण विकलाई १४९ थान सालको काठसहित शनिबार राती ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनीहरुले सो काठ ग १ त ४४७६ नंबरको ट्रयाक्टरबाट अवैधरुपमा ओसारपसार गरी प्रणामी फर्निचर उद्योगको कम्पाउण्डमा राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।
बरामद गरिएको काठ र पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।