Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा उद्योग बाणिज्य संघमा क्रमभंगको संकेत :महासचिवमा के.सी सहितको छुट्टै प्यानल घोषणा


3.2K
Shares

गोरखा उद्योग बाणिज्य संघमा क्रमभंगको संकेत :महासचिवमा के.सी सहितको छुट्टै प्यानल घोषणा

गोरखा ८, पुस । गोरखा उद्योग बाणिज्य संघमा क्रमभंग हुने संकेत देखिएको छ । गोरखाका क्रियाशिल ब्यवसायीहरुले गोरखा उद्योग बाणिज्य संघको १६औं अधिवेशनमा महासचिव सहित १० पदमा उम्मेदवारी दिने घोषणा गरेपछि क्रमभंगको संकेत देखिएको हो । सदरमुकाममा बिहिबार पत्रकार सम्मेलन गर्दै महासचिवमा रामहरी केसी सहितको प्यानलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

अध्यक्षमा कृष्णकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यमा भगवानबावु मास्के र उपाध्यक्षमा अस्मकबावु श्रेष्ठलाई समर्थन गर्दै अन्य पदमा उम्मेदवारी दिने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महा सचिवका उम्मेदवार केसीले क्रियाशिल ब्यवसायीहरुलाई मिलाएर लाने कुरामा अघिल्लो घोषणा कार्यक्रममा बचनबद्वता दिएको भएता पनि त्यसको बिरुद्वमा काम कारवाही हुन थालेको भन्दै आफुहरुले संघलाई चलायमान बनाउन क्रियाशिल सदस्यहरुल लिएर चुनावमा होमिन लागेको बताउनुभयो ।

घोषणा कार्यक्रममा कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सचिवमा काजीराम श्रेष्ठ र कार्य समितिको अन्य सदस्यहरुमा प्रेमध्वज थापा, कर्ण गुरुङ र शंकर कुवरले शुक्रबार उम्मेदवारी दिने घोषणा गरेका हुन् । आकांक्षीहरु धेरै भएका कारण अन्य ४ जनाको नाम भने रातीसम्म सहमती गरेर भोलीको उम्मेदवारी दर्तासम्म मिलाउने महासचिवका उम्मेदवार केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

गोरखा उद्योग बाणिज्य संघको ११ महिना अगाडी नै हुनुपर्ने अधिवेशन कोरोनाका कारण देखाउदै सारीएको हो । ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशन संघको सभा हलमा नै यही पौष १० र ११ गते हुदै छ । निर्वाचन नजिकीदै गर्दा उम्मेदवारी दिनेहरुको लर्को नै लाग्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology