Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

निर्माण ब्यवसायी संघ गोरखाको अध्यक्षमा माओबादी निकट व्यवसायी भण्डारी बिजयी


3.7K
Shares

निर्माण ब्यवसायी संघ गोरखाको अध्यक्षमा माओबादी निकट व्यवसायी भण्डारी बिजयी

गोरखा ८, पुस । निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा नेकपा माओबादी केन्द्र निकट व्यवसायी सुर्य भण्डारी बिजयी हुनुभएको छ । गएराती भएको निर्वाचनमा भण्डारी १३४ मत ल्याएर बिजयी भएको हो । भण्डारीको प्रतिस्पर्धी नेपाली काग्रेस निकट व्यवसायी होमबहादुर बानियाँले भने ९८ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

भण्डारी र बानियाँले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । मत परिणाम भने मिश्रीत आएको छ । अध्यक्षमा बानियाँले हार ब्यहोरे पनि उहाँका प्यानलबाट राजु लामिछाने सहित ५ जनाले जित हात पारेका छन् । मतदानबाट निर्वाचित हुनेहरुमा भोला मरहट्ट १३७ मत, राजुबावु लामिछाने १३१ मत, किरणबावु श्रेष्ठ १२६ मत, सबिन बस्नेत १२१ मत, देवराज गुरुङ ११६ रहेका छन् ।

त्यस्तै गरी सुरेन्द्र बस्नेत १११ मत, दिनेश तमु १०६ मत, बिनोद खनाल १०१ मत, दलमान गुरुङ १०० मत, ताराबहादुर खड्का ९८ मत र दिपक थापाले ९५ मत प्राप्त गरेका छन् । संघको बिद्यान अनुसार अब बस्ने नव निर्वाचित समितिको बैठकले ४ जनालाई समितिमा मनोनित गरेर ल्याउन पाउने छन् भने उपाध्यक्षदेखी कोषाध्यक्षसम्मको पदको जिम्मेवारी अध्यक्षले बाँडफाड गर्नेछ ।

नव निर्वाचित समितिको केही दिन भित्रै पदास्थापन हुने निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology