गोरखा ६, पुस । निर्माण व्यवसायी संघ गोरखाको २६ औं साधारण सभा तथा १० औं अधिबेशन आजदेखि सुरु हुदैछ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । संघको जिल्ला अध्यक्षका लागि नेकपा माओबादी केन्द्र निकट व्यवसायी सूर्य भण्डारी र काग्रेस निकत व्यवसायी होमबहादुर बाँनिय बिच प्रतिस्पर्धा हुने जनाएको छ ।
बर्तमान कार्य समितिमा भण्डारी महासचिव र बानियाँ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका छन् । संघमा अहिले दुई सय ५७ सदस्य रहेका छन् । भण्डारीले माओवादी, जनता समाजवादी र नेकपा एमाले सँग सहकार्य गरेर अध्यक्ष जित्ने तयारीमा रहेको स्रोतले जनाएको छ। संघमा काग्रेस निकट व्यवसायीहरुको मत पनि बलियो रहेकाले अर्को कुनै एक पाटी निकटसंग सहकार्य गरेर अध्यक्ष पद हत्याउने दाउमा बानियाँ पनि लागेका छन् ।
यद्देपी बानियाँलाई आफु निकट व्यवसायीहरुको समेत मत नआउने देखिएको उनि निकट स्रोतले जनाएको छ । संघको अध्यक्षमा निर्वाचन हुनेछ भने बाँकी ११ जना सदस्य निर्वाचित हुनेछन् । त्यसपछिको पहिलो बैठकले पदाधिकारीको टुङ्गो लगाउनेछ । मनोनित सदस्य चार जना हुन्छन् । मनोनित र निर्वाचित दुबै बाट पदाधिकार बनाउन सकिने प्रवधान छ ।