Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्याब्सन गोरखा जिल्लाको अध्यक्षमा थापा


2.5K
Shares

प्याब्सन गोरखा जिल्लाको अध्यक्षमा थापा

गोरखा ३, पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) गोरखा जिल्लाको अध्यक्षमा कमल थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।  गोरखा सदरमुकाममा भएको प्याब्सनको जिल्ला कार्य समितिको छैटौं जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा कार्य समिति चयन भएको हो ।

समिमितको उपाध्यक्षमा लक्ष्मी खत्री, सचिवमा अमिर अधिकारी र कोषाध्यक्षमा बावुराम तिवारी चयन भएको प्याब्सन गोरखाले जनाएको छ ।
त्यस्तै गरी सदस्यहरुमा बिनोद अर्याल, प्रकाश केसी, भोजराज भट्ट, कृण्ण घले, प्रसान्त सिलवाल निर्विरोध चयन भएका छन् । त्यस्तै गरी, गणेश गुरुङ, दिक्पाल अधिकारी, दिपक गुरुङ, शिवलाल श्रेष्ठ, अनन्त थापा र रुपा पाण्डे पनि जिल्ला कार्य समितिमा निर्विरोध चयन भएका छन् ।

निर्वतमान अध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर राजनराज पन्त प्रमुख आतिथ्यता रहेको थियो । गोरखा जिल्ला भित्र २६ वटा बिद्यालय निजी तथा आवासीय बिद्यालयमा झण्डै १२ हजार बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology