Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्सीमा सवार यात्रुद्धारा चालक माथि एक्कासी चक्कु प्रहार


4.4K
Shares

ट्याक्सीमा सवार यात्रुद्धारा चालक माथि एक्कासी चक्कु प्रहार

काठमाण्डौं २, पुस । ट्याक्सीमा सवार एक यात्रुले आज राती चालक माथि एक्कासी चक्कु प्रहार गरेका छन् । काठमाडौं महानगरपालिका –१३  छाउनीमा स्थित नेपाल टेलिकमको कार्यालय अगाडि चालक माथि यात्रुले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

काभेपलाञ्चोक रोशी गाउँपालिका घरभई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामालाई बा १ ज १४४६ नम्बरको ट्याक्सीमै बारा कलैयाका १९ वर्षीय विकास सरावले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शुक्रबार साँझ चालकमाथि सोही ट्याक्सीमा सवार यात्रुले चक्कु प्रहार गरेका हुन् ।

घाइते लामालाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले तत्कालै उद्धार गरेर मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो । तर त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा रिफर भएको प्रहरीले जनाएको छ । आरोपी सरावलाई चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology