Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका ३ सरकारी कार्यालयको पुँजीगत खर्च पहिलो चौमासिकमा शुन्य


3.2K
Shares

गोरखाका ३ सरकारी कार्यालयको पुँजीगत खर्च पहिलो चौमासिकमा शुन्य

गोरखा २, पुस । गण्डकी प्रदेश सरकार अन्र्तगत गोरखा जिल्ला भित्रका तीन वटा कार्यालयको चालुृ आर्थिक बर्षको पहिलो चौमासिकमा पुँजीगत र्खच शुन्य गरेका छन् । जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला आर्युबेद कार्यालयले चालु आर्थिक बर्ष २०७८÷०७९ को कात्तिक मसान्तसम्मको बजेट र कार्यान्वयन स्थिती शुन्य भएको हो ।

गण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले सार्वजनिक गरेको बिबरण अनुसार प्रदेश सरकार अन्र्तगत जिल्लाका ११ वटा कार्यालय मध्ये सवैभन्दा धेरै पशुसेवा बिज्ञ केन्द्र गोरखाले ३३. ९० प्रतिसत खर्च गर्न सफल भएको छ । त्यस्तै खानेपानी तथा सरसफाई कार्यालयले पुँजीगत तर्फ ३०.७० खर्च गरेको छ । पुर्वाधार बिकास कार्यालयले १०. ६८ प्रतिसत, जलस्रोत तथा सिंचाइ बिकास कार्यालयले २.३१ प्रतिसत पुँजीगत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै डिभिजिन बन कार्यालयले १०. ९९ प्रतिसत, कृषि ज्ञानकेन्द्र गोरखाले ३.४२ प्रतिसत, जिल्ला अस्पताल गोरखाले १.६४ प्रतिसत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । गोरखा जिल्लामा भर्खरै मात्र कार्यालय स्थापना गरेको सामाजिक बिकास कार्यालयले ३.११ प्रतिसत बजेट खर्च गर्न सफल भएको मन्त्रालयले तथ्याङ सार्वजनिक गरेको छ । प्रदेश अन्र्तगत गोरखा जिल्लाका ११ कार्यालयमा गरी अहिलेसम्म पुँजीगत कुल बजेटको १५.९९ प्रतिसत बजेट खर्च गर्न कार्यालयहरु सफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology