Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एक युवा एक लाख ७३ हजार ठगी गरेको आरोपमा पक्राउ


9.3K
Shares

गोरखाका एक युवा एक लाख ७३ हजार ठगी गरेको आरोपमा पक्राउ

काठमाण्डौ १, पुस । गोरखाका एक युवा ठगीको आरोपमा पक्राउ परेका छन् । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर २ घर भएका गणेशराज अर्याललाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । युवाहरुलाई जागिर लगाईदिने आश्वासन दिँदै ठगी गर्दै आएको आरोपमा ३८ वर्षीय अर्याललाई विराटनगर महानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

उनले उदयपुरको त्रियुगा नगरपालिका ८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारलाई जागिर लगाइदिने आश्वासन दिँदै पटकपटक रकम लिएको भन्दै प्रहरी समक्ष उजुरी परेको छ । पीडितको उजुरीका आधारमा १ नं. प्रदेश प्रहरी कार्यालयले पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेको अर्यालले दनुवारद्वयबाट १ लाख ७३ हजार रकम ठगी गरेको उजुरी परेको छ । उनले अन्य युवालाई पनि यसरी ठगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी मोरङको नियन्त्रणमा राखिएका अर्याल माथि जिल्ला अदालतको आदेश अनुसार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

अर्यालमाथि ठगी मुद्धामा कारबाही गर्ने गरी प्रक्रिया अघि बढाइएको एपसी राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology