Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखा नगरपालिकाका एक पुरुषको ट्रकको ठक्करबाट ज्यान गयो


4.7K
Shares

गोरखा नगरपालिकाका एक पुरुषको ट्रकको ठक्करबाट ज्यान गयो

गोरखा २९, मङ्सिर । गोरखा नगरपालिका वडा नम्बर एकका एक पुरुषको ट्रकको ठक्करबाट मृत्यु भएको छ । धादिङको कोल्पुखोलामा ट्रकले ठक्कर दिदा गोरखा नगरपालिका ५ का ६ बर्षिय दुर्गाबहादुर थापा भएको धादिङ प्रहरीले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका ७ को कोल्पुखोला गल्छी नुवाकोटस्थित सडक खण्डमा बागमती प्रदेश ०२–०२२ प ४१५१ नम्बरको मोटरसाइकललाई ना.५ ख ७८८९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा जिल्ला गोरखा नगरपालिका ५ बस्ने ४६ वर्षीय थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology