धादिङ, २४ मङसिर । काठमाण्डौबाट धादिङ तर्फ जाँदै गरेको यात्रुबहाक बस आज दुर्घटनामा परेको छ । धादिङको सिम्लेमा यात्रु सवार बस दुर्घटनामा परेको हो। बा २ ख ७०६ बस शुक्रबार दिउँसो करिब साढे ३ बजे सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा करिब आधा दर्जन यात्रु घाइते भएका छन्।घाइतेहरुमध्ये केहीलाई स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई काठमाडौं पठाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।