Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम


2.3K
Shares

गोरखामा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम

गोरखा २४, मङ्सिर । गोरखामा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाममा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले नेपालमा मानव अधिकारका बिषयमा बलियो रुपमा उठेपनि कार्यान्व्यन पक्ष फितलो रहेको बताएका छन् । अन्र्तक्रिया कार्यक्रममा अधिबक्ता रमेश अधिकारीले मानव अधिकार समेटिएका अवधारणा पत्र प्रस्तुत गर्नुभयो । मानव अधिकारको संरक्षण र सम्बर्दन निम्ति बनेका अन्तराष्ट्रिय महासन्धीहरु लगायतका बिषय समेटिएको अवधारणमा पत्रमा नेपाल मानव अधिकार संरक्षणका लागि भएका प्रयासहरु बिषयमा जानकारी गराउनु भएको थियो ।

अबधारणा पत्रमा सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहिति गराउदै नागरिक सर्वोच्चता र स्वातन्त्रताको कदर गरिएको, बर्तमान संबिधान माफृत सवै प्रकारका भेदभाव, शोषण र अन्यायको अन्त्य गरिएको, नेपाललाई भाषिक तथा धार्मिक ढंगले निरपेक्ष तुल्याइएको यि बिषय नेपालको सकारात्मक पक्ष भएको उल्लेख गरिएको छ । अधिकारीले प्रस्तुत गर्नुभएको अबधारणा पत्रमा संबिधानमा संस्थागत गरिएका मौलिक हकहरुको छुट्टै कानुन बनाई कार्यान्वयन गर्ने भनिएको मावन अधिकारका सम्बन्धमा संवेदनशीलता तथा तदारुकता नदेखिएको गरिएको छ ।

त्यस्तै सर्वसाधारण नगारिकका आधारभूत अधिकारहरु पनि अझै जोखिममा रहेको, बैदेशिक रोजगारीमा गएकाहरु माथि श्रमशोषण, घरेलु हिंसा, हत्या, बलात्कार, मानव बेचबिखन जस्ता गतिबिधि सर्वसाधारणको जनजीवनमा असर परेको उल्लेख गर्नुभएको छ । कार्यक्रममा बोल्दै गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी कोमलनाथ भण्डारीले मानव अधिकारको रक्षा र पालन गर्नु सवैको दायित्व र कर्तव्य हुन आउने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा अधिबक्ता यादव शर्माले मानव अधिकारका बिषयबस्तु भेक रहेको भन्दै मानव अधिकार हननका घटनालाई सवैले गम्भीरता पूर्वक उठाउनु पर्नेमा जोडदिनुभयो । उहाँले मानव अधिकारको क्षेत्रमा यसले गरेन भन्दा पनि सवैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्न सके अधिकारका क्षेत्र स्थापित हुदै जाने उल्लेख गर्नुभयो ।

अबधारणमा माथि बोल्दै महासंघ गोरखाका पूर्वअध्यक्ष भीमलाल श्रेष्ठले मानव अधिकारका नाममा जिल्ला प्रसस्तै संस्थाहरु भएपनि त्यसले खेल्ने भूमिका भने खासै नदेखिएको बताउनुभयो । उहाँले जिल्ला भित्र बिभिन्न सञ्जालमा टाउको देखिने गरेको भएपनि त्यस्ता समितिमा को को छन् भनेर पहिचान गर्न नसक्ने रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार किरण लोहनीले जिल्लामा मानव अधिकारका सवालमा बहस हुने गरेको भएपनि भुकम्प पिडितहरुका सवाल, उत्तरी गोरखामा खाद्यान्य अभाव लगायतका अहिलेका प्रमुख बिषय मानव अधिकारका क्षेत्रबाट उठ्न नसकेको बताउनुभयो । उहाँले मानव अधिकार बिषय बालबालिकाले आफ्ना लागि आफै उठाउनु पर्ने, महिलाका लागि महिलाले उठाउनु पर्ने अबस्था अहिले पनि रहेको भन्दै यसले मानव अधिकारका एजेन्डालाई स्थापित गराउन नसक्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार संगठनको संयोजन तथा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र, एम्नेष्टी इन्टरनेसन समुह ७६, एम्नेष्टी इन्टरनेसनल समुह ४२, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार सञ्जाल र नेपाल पत्रकार महासंघको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेपाल मानव अधिकार संगठन गोरखाका अध्यक्ष डिलबहादुर बस्नेतको अध्यक्षमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology