Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गुडिरहेको माइक्रोबसलाई ट्रकले ठक्कर दिएपछि माइक्रो घरभित्र छिर्यो


4.7K
Shares

गुडिरहेको माइक्रोबसलाई ट्रकले ठक्कर दिएपछि माइक्रो घरभित्र छिर्यो

चितवन, २३ मङ्सिर । सडकमा यात्रु बोकेर गुडीरहेको माइक्रोबसलाई ट्रकले ठक्कर दिदा घर भित्र छिरेको छ । पृथ्वीराजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउाँपलिका–३, स्थित फिस्लिङ बजार नजिकै आज बिहान गुडी रहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठक्कर दिदा माइक्रोबस राजमार्ग नजिकैको एक घर भित्र छिर्न पुगेको घटनास्थलमा पुगेका पत्रकार दानबहादुर गुरुङले जानकारी दिनुभयो ।

ना ६ ख ५५०३ नम्बरको मालबहाक ट्रकले पछाडीबाट ठक्कर दिदाँ बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । माइक्रोबस र ट्रक एकैदिशा तर्फ गुडिरहेका थिए । ठक्करपछि असन्तुलित भएको माइक्रोबस सडक छाडेर आडैको मित्र गुरुङको घरमा गएर ठोक्किएको पत्रकार गुरुङले बताउनुभयो ।

बिहानको समयमा फिस्लिङ बजारमा तरकारी खरिद बिक्री गर्नेको ठूलो जमघट हुने गर्छ । माइक्रोबसका घाइते यात्रुहरूलाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । तस्विर : दानबहादुर गुरुङ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology