Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा गोरु पाल्ने कृषकलाई निशर्त अनुदान कार्यक्रम


8.6K
Shares

गोरखामा गोरु पाल्ने कृषकलाई निशर्त अनुदान कार्यक्रम

गोरखा २२, मङ्सिर । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र गोरु पाल्ने किसानहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८/०७९ स्विकृत निशर्त गोरु पाल्ने कृषकलाई प्रोत्साहन सम्बन्धी कार्यक्रम अन्र्तगत अनुदान उपलब्ध गराउने तयारी गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

पालिका भित्र कृषि उत्पादन बढाउनका लागि गोरु पाल्न इच्छुक कृषक, कृषक समुह, कृषि फर्म र कृषि सहकारीहरुका लागि अनुदान उपलब्ध गराउने उहाँले बताउनुभयो । गाउँपालिकाले अनुदान लिन चाहाने किसानहरुका लागि पुस १० गते भित्रमा कृषि शाखामा निवदेन दिन समेत आवहन गरेको छ ।

अनुदानका प्राप्त गर्नका लागि कृषि समुह सहकारीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, फर्मको हकमा फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपी सहित पालिकाको कृषि शाखाका निवदेन दिनुपर्ने अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिका भित्र आर्थिंक अबस्था कमजोर भएका कृषकहरुलाई सहयोग पु¥याउन गोरु पाल्ने कृषकहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology