सप्तरी २१, मंसिर । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बिच हानाहान हुदा अध्यक्षको दुई वटा दाँत भाँचिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।
कुटाकुटमा अध्यक्ष सूर्यनारायण मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्ष उषाकुमारी मण्डललाई पनि हातमा चोट लागेको जनाइएको छ ।मङ्गलबार गाउँ कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहँदा अध्यक्ष र उपाध्यक्षबीच एकाएक विवाद भएको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
“बैठकमा सामान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच विवाद बढ्दै कुटाकुट हुन थाल्यो, उहाँले भन्नुभयो,” त्यसपछि हेर्दा थाहा भयो अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएछ ।’