गोरखा २१, मंसिर । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ स्थित फुजेलको तिवारी गाउँमा गएको कात्तिक १७ गते भएको ट्रयाक्टर दुर्घटनाका चालक अनिल बराम पुर्पक्षका लागि कारागार चलान भएका छन् । दुर्घटनामा ट्याक्टरमा सवार प्रेमप्रसाद देवकोटाको मृत्यु भएपछि फरार भएका चालक बरामलाई पक्राउ गरी जिल्ला अदालत गोरखामा सवारी ज्यान शिर्षकमा मुद्दा दर्ता भएको थियो ।
अदालतले १ त ५७८८ नम्बरको ट्याक्टरका चालक २४ बर्षका बरामलाई पुपक्र्षका लागि जेल चलान गर्न आदेश दिएपछि कारागार पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले सम्पूर्ण अनुसन्धान पुरा गरेपछ मिसिल सहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले चालक बरामलाई हिजो कारागार पठाउन आदेश दिएको दिएको प्रहरीले जनाएको छ ।
मासु लिएर फर्कदै गरेका बेला आफै चढेको ट्याक्टरबाट खसेर देवकोटाको मृत्यु भएको थियो । यसै बिच सवारी ज्यान मुद्धा शिर्षकमा सजाय पाएका गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ का राजेन्द्र सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ५३ बर्षका सुनारको जरिवाना र सजाय भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।