रुकुम १७, मंसिर । आज बिहान भएको ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७, औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उहाँकी श्रीमती सपना विक घाइते गम्भीर भएकी छन् । उहाँको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवि केसीले जानकारी दिनुभयो ।