Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका दुई जना अवैध धुपी, गुच्छी र च्याउ सहित पक्राउ


7.4K
Shares

गोरखाका दुई जना अवैध धुपी, गुच्छी र च्याउ सहित पक्राउ

गोरखा १५, मंसिर । गोरखाका दुई सहित ४ जनालाई प्रहरीले अबैध धुपी र गुच्छी च्याउ संगै पक्राउ गरेको छ । गएराति मनाङबाट काठमाडौं लैजादै गरेको अवैध धुपीसहित उनीहरुलाई लमजुङको बेशीशहरबाट पक्राउ गरिएको डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपाली, बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घले रहेका छन् ।

पक्राउ पर्नेमा अन्यमा मनाङ ङिस्याङ गाउँपालिका ५ का ५२ वर्षीया छिरिङ साङमा घले र ५८ वर्षीय कर्मा छिरिङ गुरुङ रहेको प्रहरीले जनाएको छ । नेपालीले चलाएको ग १ ज ७२२१ नम्बरको बोलेर जिपबाट २६३ किलो धुपीको पात र घलेले चलाएको ग १ ज ७७३७ नम्बरको जिपबाट २ सय किलो धुपीको पात र ३ सय ग्राम गुच्छी च्याउ बरामद गरेको हो ।

उनीहरूले ल्याएर बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा २ सय ४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद अवैध धुपी र गुच्छी च्याउसहित पक्राउ परेकालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय, लमजुङमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology