Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

साँघुरो घुम्तीमा जीपले टर्निङ लिन नसक्दा दुर्घटना : ३ जनाको मृत्यु ५ घाइते


5.5K
Shares

साँघुरो घुम्तीमा जीपले टर्निङ लिन नसक्दा दुर्घटना : ३ जनाको मृत्यु ५ घाइते

म्याग्दी १३, मंसिर । साँघुरो घुम्तीमा जीपले टर्निङ लिन नसक्दा भएको दुर्घटनामा परी आज ३ जनाको मृत्यु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रा.लिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटना परी अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । बेनी अस्पतालका अनुसार घाइतेहरुलाई थप उपचारका लागि पोखरा रिफर गर्न लागिएको छ । जीप सडकदेखि झन्डै ५० मिटर तल जंगल भएको खोल्सामा खसेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology