Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा आमाछोरीलाई कुटेर बेहोस बनाई फरार अभियुक्त पक्राउ


17.3K
Shares

गोरखामा आमाछोरीलाई कुटेर बेहोस बनाई फरार अभियुक्त पक्राउ

गोरखा, १२ मंङ्सिर : गोरखामा ज्यान मार्ने उद्योगका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आरुघाट गाउँपालिका–९ की २७ बर्षकी शर्मिला गुरुङ र उहाँकी ६ बर्षकी छोरी रोशिला गुरुङ बिरुद्ध ज्यान मार्ने उद्योग गरी फरार भएका दिपान्सु कुमार शाहलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेका साहले आरुघाट बजारमा खाजा नास्ता पसल सञ्चालन गर्दै आउनुभएकी गुरुङ र उहाँकी छोरी रोशिलालाई यही कात्तिक २६ गते रातको समयमा जवरजस्ती कोठामा सुती राखेको अबस्थामा साहले ढोका फोडी मरणासन्न हुने गरी कुटपिट गरी फरार भएका थिए । अत्याधिक मादक पर्दाथ सेवन गरी खाजा खाने बाहानमा पसल खोल्न दबाब दिएपनि पसल नखालेपछि उनले कोठाको ढोका फोडेर निर्धात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

भारतको मोतिहारी पूर्वी चम्पारण–२५, रक्सौल घर भएका साह आरुघाट–४, कोखटारमा घर निर्माणको काम गर्दै आएका थिए । नेपाल भारत सिमावर्ती क्षेत्रमा लुकिछिपी बस्दै आएका बेला उनलाई पक्राउ गरी गोरखा ल्याइएको उहाँले जानकारी दिनुभयो । कुटपिटबाट गुरुङ आमाछोरीलाई बेहोस अबस्थामा स्थानीयबासीले उद्धार गरी स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौको ग्रिनसिटी अस्पतालमा पु¥याइएको थियो ।

कुटाइबाट घाइते भएका भएका दुवैजनाको शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेको र केही दिनपछि मात्र होसमा आएको थियो । पक्राउ परेको साहलाई ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology