Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनकामना मन्दिरमा पर्व पूजा गर्न आएका पुजारीको मृत्यु


6.8K
Shares

गोरखाको मनकामना मन्दिरमा पर्व पूजा गर्न आएका पुजारीको मृत्यु

गोरखा १०, मंसिर । गोरखाको मनकामनामा हुने पर्व पूजाका लागी आएका १ जना पूजारीको हृदयघातबाट ज्यान गएको छ । काठमाण्डौं महानगरपालिका ४ बल्खुका गुर्जु (पूजारी) रत्नराज बज्राचार्यको बिहीबार राती मनकामनामा हृदयघातका कारण ज्यान गएको हो ।मनकामनामा बर्षेनी २ पटक पर्व पूजा हुने गर्दछ ।

सोही पर्व पूजाका लागी गुठी संस्थानबाट खटी आएका बज्राचार्यको हिजो राती अकास्मत हृदयघात हुदाँ ज्यान गएको स्थानिय दिनेश जोशीले जानकारी दिनुभयो । बज्राचार्यको बिहीबार राती १०: ०० बजे ज्यान गएको हो । मनकामनाको एक होटलमा बास बसेका उनीलाई बिहीबार राती अकास्मत असहज भए महशुस गरेको र केही क्षणमा नै उनको ज्यान गएको हो ।

अहिले घटना स्थलमा गोरखा प्रहरीको १ टोली पुगेको र घटनाको बिषयमा जानकारी लिने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो । । घटनाको पूर्ण विवरण भने आउन बाँकी नै रहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology