Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अनेरास्वबियु गोरखाले गर्यो अस्पताल परिषरमा सरसफाई


2.3K
Shares

अनेरास्वबियु गोरखाले गर्यो अस्पताल परिषरमा सरसफाई

गोरखा ८, मंसिर । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले आज गोरखा अस्पताल परिषरमा सरसफाई गरेको छ । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनको पूर्व सन्ध्यामा गोरखा अस्पताल र वरपरको सरसफाई कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु गोरखाका अध्यक्ष सुजन सिंखडाले जानकारी दिनुभयो ।

पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुको समेत सहभागितामा बिहान ७ बजेदेखी ९ बजेसम्म सरसफाई गरिएको अनेरास्वबियु गोरखाले जनाएको छ । ३० जना भन्दा बढी सहभागी भएको उत्त कार्यक्रममा नकुहिने प्लाष्टिक र सिसाहरु संकलन गरिएको र झाँडीहरु हटाईएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव कृण्ण नेपाली र अस्पताल बिकास समितिका सदस्य देवराज श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology