Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

क्षतिपूर्ति नपाएसम्म अखिल क्रान्तिकारी पालुङटारका अध्यक्ष देवकोटाको शव नबुझ्ने अडान


7.3K
Shares

क्षतिपूर्ति नपाएसम्म अखिल क्रान्तिकारी पालुङटारका अध्यक्ष देवकोटाको शव नबुझ्ने अडान

गोरखा, ८ मङ्सिर । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका सुर्वण देवकोटाको शव बुझ्न आफ्न्तले अस्विकार गरेका छन् । नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारी पालुङटार नगरपालिका अध्यक्ष देवकोटाका आफन्तले उचित क्षतिपूर्तिको नदिएसम्म शव नबुझ्ने अडान लिएको हो । मृतकका आफन्त सहित बिधार्थीहरुले बसका चालकले पछाडीबाट नियत सहित दुर्घटना गराएको भन्दै दमौली बजारमा केहीबेर चक्काजाम समेत गरेका छन् ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध नहुँदासम्म शब नबुझ्ने भन्दै चक्काजाम गरेपछि पिडिक पक्षले बार्तामा बस्ने सहमती गरेपछि आन्दोलन स्थगित गरिएको अनेरास्वबियू गोरखाका इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिनुभयो । पिडितलाई न्यायहुने गरि क्षतिपूर्ति उपलब्ध गराउन पिडक पक्ष तयार नभए आफुहरु शसक्त रुपमा आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो ।

मृतकका परिवारलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने पीडितको माग रहेको छ । तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बस र स्कुटर एक आफ्समा ठक्कर खाँदा हिजो २४ बर्षका विद्यार्थी नेता देवकोटाको घट्नास्थलमै मृत्यु भएको थियो । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

बाईसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु वस र सोही दिशाबाट यात्रा गरिहेको बा ४५ प २३८ नम्बरको स्टकुटर ठक्कर खाँदा देवकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology