Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा


2.5K
Shares

गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

गोरखा, ८ मङ्सिर : गोरखाको सहिद लखन गाउँपालिकाले आज पालिका भित्र सार्वजनिक बिदा दिएको छ । गुठी पञ्चमीको अबसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगरले जानकारी दिनुभयो । गुठी पञ्चमीको अबसरमा प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा बिशेष मेला लाग्ने भएकाले पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

सहिद लखन गाउँपालिकाले हरेक बर्ष गुठी पञ्चमकीको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिदै आएको उहाँको भनाई छ । बि.स २०७४ साल फागुन ६ गतेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर हरेक बर्ष गुठी पञ्चमीको दिन सार्वजनिक बिदा दिने गरेको प्रमुख प्रशासकिय अधिकृत आलेमगरले जानकारी दिनभयो ।

गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशन गरि बिदा दिने जानकारी समेत गराएको छ । सार्वजनिक बिदाको दिन पालिका भित्र रहेका सवै पालिका मातहतका सरकारी कार्यालय, शैक्षिकसंस्था लगायत बन्द हुने गाउँपालिकाले जनाएको छ ।…दीपक श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology