Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा प्रहरीद्धारा हवल्दार अधिकारीलाई कात्तिक महिनाको “बेस्ट पोलिस अफ द मन्थ” घोषणा


3.5K
Shares

गोरखा प्रहरीद्धारा हवल्दार अधिकारीलाई कात्तिक महिनाको “बेस्ट पोलिस अफ द मन्थ” घोषणा

गोरखा ७, कात्तिक ।  जिल्ला प्रहरी कार्यालय गोरखाले कात्तिक महिनामा जिल्ला भित्र उत्कृष्ठ कार्य गर्ने प्रहरी हवल्दार जगन्नाथ अधिकारीलाई वेस्ट पुलिस अफ द मन्थ’ गरेको छ । कार्यालयले हरेक महिना जिल्ला भित्र कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट कार्य गर्ने एक जनालाई सम्मान गर्ने क्रममा गएको महिना उत्कृष्ठ कार्य गर्नुहुने हवल्दार अधिकारीलाई पुरस्कृत गरेको जनाएको छ ।

उहाँ अस्थायी प्रहरी पोष्ट चनौटे गोरखामा कार्यरत हुनुहुन्छ । पुरस्कृत हुनु भएका हवल्दार अधिकारीले कार्यालयले दिएको जिम्मेवारीलाई उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्नुका साथै आफ्नो क्षेत्र भित्र घटेका घटनाहरुमा फरार भएका प्रतिबादीहरुलई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल हुनुभएको जनाइएको छ ।

गएको कात्तिक २५ गते अजिरकोट गाउँपालिका–५, स्थित चनौटे लागू औषध ओसार पोसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको साथै आफ्नो क्षेत्र भित्र त्रुटी रहित तवरले बिभागीय नीति निर्देशन अनुरुप कार्य सम्पादन गर्नुभएकाले उहाँलाई कार्यालयले कात्तिक महिनाको उत्कृष्ट प्रहरी कर्मचारी छनोट गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology