गोरखा ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाईबाट जेठाजुको ज्यान गएको छ । आरुघाट गाउँपालिका ४ को थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार दिउँसो कुटपिट गरी गम्भीर घाइते भएका चामबहादुरको उपचारको लागि काठमाण्डौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कुटपिटमा संलग्न दुवै जनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जना बिरुद्व ज्यान मुद्वा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अभियुत्त दुवैलाई ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम पठाएको छ ।