गोरखा, ७ मंसिर । गोरखा सदरमुकामबाट हराइरहेकी एक महिला मृतावस्थामा भेटिएको छ । गोरखा नगरपालिका वडा नम्बर १२ स्थित नयाँबस्ती घरबाट हराइरहेकी ६५ बर्षकी डोल्मा तामाङ मृतावस्थामा दरौदी नदीको किनारामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । डोल्मा गएको असोज ३० गतेदेखि घरबाट एक्कासी हराउनु भएको थियो ।
उहाँको परिवार सहित प्रहरीले खोजी गर्दै जाँदा सोमबार शव भेटिएको प्रहरीको भनाई छ । खोजी गर्ने क्रममा कात्तिक ६ गते सोमबार मृत्त शरिर फेला परेको हो । तामाङको सोही स्थानको खत्रेबेशीस्थित दरौदी खोलाको किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।