Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

शौचालय जाने क्रममा लडेर आज दिउँसो वडाध्यक्षको मृत्यु


6.5K
Shares

शौचालय जाने क्रममा लडेर आज दिउँसो वडाध्यक्षको मृत्यु

बुटवल ६,मंसिर । शौचालय जाने क्रममा लडेर वडाध्यक्षको आज दिउँसो वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिए पनि मृत्युु भएको प्रहरीको भनाई छ ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिनभुयो । उहाँको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology