बैतडी ५, मंसिर । जन्ती बोकेको जीप भिरबाट खसेर दुर्घटनाग्रस्त भएको छ । बैतडीको दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा जन्ती बोकेको जिप दुर्घटनामा परेको । जीप सडकबाट झण्डै ७ सय मिटर तल खसेको छ । दुर्घटनामा परि अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति साढे आठ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।