Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा कोरोना संक्रमणको अबस्था कस्तो (यो हेर्नुहोस)


3.8K
Shares

गोरखा जिल्लामा कोरोना संक्रमणको अबस्था कस्तो (यो हेर्नुहोस)

गोरखा ५ मंसिर । गोरखा जिल्लामा कोरोना संक्रमितको अबस्था शुन्य नजिक पुगेको छ । जिल्लाका ११ स्थानीय तहमध्ये १० वटामा संक्रमण शुन्यमा झरेको गोरखाका अब एउटा स्थानीय तहमा मात्र संक्रमित बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कोरोना महामारीबाट आक्रान्त गोरखामा अहिले सक्रिय संक्रमितको संख्या १ जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

जिल्लाको गोरखा नगरपालिकामा मात्र १ जना सक्रिय संक्रमित बाँकी रहेको छ, उहाँले भन्नुभयो, अन्य स्थानीय तहमा संक्रमितको अबस्था शुन्य रहेको छ । कोरोना महामारीका बेला जिल्ला दैनिक जसो दर्जनौको संख्यामा देखिने संक्रमितहरु अहिले क्रमश घटदै गएको छ । गोेरखा नगरपालिकामा रहेका संक्रमित समेतसाता दिन पछि संक्रमण मुत्त हुने अनुमान गरिएको उहाँले बताउनुभयो । नयाँ संक्रमित नथपिएमा जिल्लामा यहीं मंसीर ११ गतेसम्ममा संक्रमणको दर शुन्यमा झर्ने फोकल पर्सन अर्यालले जानकारी दिनुभयो ।

तिहार अगाडीसम्म पनि कोरोनाको आशंकामा चेक जाँच गराउनेहरुको संख्या १०० भन्दा माथि हुने गरेकोमा गएको सातादेखी त्यो सख्ंया घटेर दर्जनको हाराहारीमा पुगेको छ । तर अघिल्लो सातादेखी नै संक्रमणको आशंकामा एन्टिजेन र पीसीआर गराउनेको संख्या शून्य प्राय भएको गोरखा अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology