Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डोजर पल्टिंदा दाङमा चालकको मृत्यु


1.4K
Shares

डोजर पल्टिंदा दाङमा चालकको मृत्यु

दाङ २ मंसिर । दाङमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका(५ मा सडक मर्मतको क्रममा जेसीबी दुर्घटना हुँदा अपरेटर (चालक) घोराही१० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा आज बिहान साढे चार बजेतिर रा. १ क ९१४ नम्बरको जेसीबी दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । घुम्तीमा माटोमा भासिएर जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology