गोरखा ३०, कात्तिक । गोरखामा आज बिहान एम्बुलेन्स दुर्घटनामा परेको छ । बिहान ठूलो आगनबाट सतिपिपलमा बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको हो । पोल भने भाँचिएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।