Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बिप्लव नेतृत्वको नेकपाको बन्द : सदरमुकाम ठप्प, जनजिवन पूर्णरुपमा प्रभावित


3.3K
Shares

गोरखामा बिप्लव नेतृत्वको नेकपाको बन्द : सदरमुकाम ठप्प, जनजिवन पूर्णरुपमा प्रभावित

गोरखा ३०, कात्तिक । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहन गरेको नेपाल बन्दका कारण आज गोरखाको जनजिवन पूर्ण रुपमा प्रभावित बनेको छ । बन्दका कारण गोरखा सदरमुकाम सहित जिल्लाको मुख्य बजारहरु आरुघाट बजार पालुडटार बजार क्षेत्र, छेवेटार बजार क्षेत्र लगायतका स्थानमा बन्दको पूर्ण रुपमा प्रभाव परेको स्थानीबासीहरुले बताएका छन् ।

बन्दका कारण जिल्ला भित्रका अधिकांस बिधालयहरु पठनपाठन रोकिएका छन् भने बजार क्षेत्रका पसल, होटलहरु समेत बन्द गरिएको छ । त्यस्तै गोरखा सदरमुकामबाट लामो तथा छोटो दुरीका लागि छुट्ने नीजि तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बन्दका क्रममा सडकमा सुरक्षकर्मी, सञ्चारकर्मीका सवारी साधान र एम्बुलेन्स तथा शवबाहन, पानी तथा औधषी बोकेका सवारी साधान, पत्रकारले प्रयोग गरेका सवारी साधन, तरकारी बोकेका सवारी साधन मात्र चलेका छन् । सरकारले पेट्रोलियम पर्दाथमा गरेको मूल्य बृद्धिको बिरोधमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आवहन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology