Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका २२ बर्षका युवक अबैध लागू औषध सहित पक्राउ


8.6K
Shares

गोरखाका २२ बर्षका युवक अबैध लागू औषध सहित पक्राउ

मोरङ २९, कात्तिक । गोरखाका २२ बर्षका युवक अबैध लागू औषध सहित पक्राउ गरेको छ । गोरखा शहिद लखन गाउँपालिकाका मनिष श्रेष्ठ लागु औषध सहित मोरङको बिराटनगरबाट पक्राउ परेका छन् ।बिराटनगर महानगरपालिका १६ दरैयाबाट श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध २८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल सहित पक्राउ गरेको जनाएको छ ।

शहिद गाउँपालिका ७ बस्ने २२ वर्षीय श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई लागु औषध सम्वन्धी मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको बिराटनगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology