Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा अबैधा १५ किलो चरेश सहित एक महिला पक्राउ (यस्तो छ प्रारम्भिक अनुसन्धान)


6.8K
Shares

गोरखामा अबैधा १५ किलो चरेश सहित एक महिला पक्राउ (यस्तो छ प्रारम्भिक अनुसन्धान)

गोरखा २६ कात्तिक । गोरखाको चनौटेबाट १५ किलो चरेश सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका ५ को चनौटे बजारबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित धार्चे गाउँपालिका ४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा। २० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त परिणामको चरेश सहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको भएपनि चालक सहित २ जनाको अभियुक्त गुरुङसंग कुनै सम्बन्ध नभएको पाइएकाले छोडिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी गुरुङमाथि जिल्ला अदातल गोरखाबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु

– निज आरोपित, कोपिला गुरुङ एकल महिला भएकी र निजले आफ्नै जग्गाजमिनमा उब्जिएको लागु औषध गाँजाबाट आफैले घरमा चरेशको उत्पादन गरेको कुरा स्वीकार गरेको ।

-वारदात पश्चात जिल्ला गोरखा, धार्चे गा।पा। वडा नं ४ लाप्राक स्थित निज कोपिला गुरुङको घरमा खानतलासी गर्दा ४०० ग्राम लागु औषध
चरेश, चरेश जोख्न प्रयोग हुने तराजु समेत प्रहरीबाट बरामद गरिएको ।
– निज आरोपित महिलाले लाप्राक स्थित आफ्नै घर ठेगानामा कोपिला होटल नामक होटल सञ्चालन गर्दै आई रहेकीमा मिति २०७८।०७।२४
गते बिहान अं ०९:०० बजेको समयमा बा। २० च.९३३२ नं को बलेरो पिकअपमा चालक जिल्ला गोरखा, गो.न.पा.वडा नं. १० छेपेटार
बस्ने बर्ष ३० को प्रविण श्रेष्ठ, सहित ऐ. ऐ. बस्ने बर्ष ३७ को लाल बहादुर तामाङ र निजको श्रीमती बर्ष ३३ कि छेमेन तामाङ आफ्नै छेपेटार स्थित छेमेन राईस मिलबाट उत्पादन भएको ३१ बोरा चामल बेच्न उक्त गाडीबाट लाप्राक स्थित पुगेकोमा निज आरोपित महिलाको होटलमा
खाना खाएको र निज महिला समेत अन्य स्थानियहरुले निजहरुबाट चामलहरु किनेको देखिन्छ ।

-आरोपित महिलाले निजहरु फर्किने क्रममा छेपेटार सम्म मलाई पनि छाडी दिनु भनि आग्रह गरे बमोजिम निज सवारी चालक लगायतले सोही होटलमा खाना खाए पश्चात लाप्राकबाट फर्किने क्रममा रातको ०९:०० बजेको समयमा उक्त बा। २० च। ९३३२ नं। को गाडीको पछाडीको भागमा निज आरोपित महिला कोपिला गुरुङ यात्रुको रुपमा चढेर आएको देखिन्छ ।

– उल्लेखित गाडी चालक तथा अन्य गाडीमा सवार २ जना व्यक्तिहरु संग निज आरोपित महिला कोपिला गुरुङको पुर्व चिनजान तथा भेटघाट रहेको प्रारम्भिक अनुसन्धानबाट नदेखिएको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology