गोरखा २३, कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ्गका एक युवकले झुण्डिएर आत्माहत्या गरेका छन् । यही कात्तिक २० गतेदेखि घरबाट हराइरहेका अमलाभन्ज्याङका अन्दाजी २१ बर्षका सिताराम रोका घर नजिकै रहेको खोल्सीमा रुखमा भुण्डिएर आत्माहत्या गरेको अबस्था आज साँझ करिब ६ बजेको समयमा भेटिएको स्थानीयबासी बिपिन श्रेष्ठले जानकारी दिनुभयो ।
रोका तिहार मनाउन घर आएका थिए । घटनाको सम्बन्धमा जानकारी प्राप्त भएलगत्तै बोर्लाङ्ग प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल तर्फ गइसकेको छ । ट्रिपर चालकको रुपमा काम गर्दै आएका उनि हराएपछि परिवारले काममा गएको हुनसक्ने आंशका गरेका थिए ।
आत्माहत्याको कारण भने खुल्न सकेको छैन । मृतकको शव मुचुल्का गरि पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ ।