Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

स्क्रब टाइफसबाट गोरखाका एक पुरुषको मृत्यु


5.5K
Shares

स्क्रब टाइफसबाट गोरखाका एक पुरुषको मृत्यु

गोरखा २२, कात्तिक । गोरखाका १ जना ब्यक्तीको स्क्रब टाइफसका कारण उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमसेन थापा गाउँपालिका ६ को थापाटार निवासी ६७ वर्षका उदयबहादुर थापा रहेको चितवन मेडिकल कलेजले जनाएको छ । उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।

खेतको काम सकेर घर फर्कने क्रममा एक्कासी उच्च ज्वरो र कमजोरी देखिएपछि गोरखामा उपचार गरि घर फर्किएका थापालाई ज्वरो आउन कम नभए पछि १९ गते गोरखा अस्पतालले थप उपचारका लागि बाहिर लैजान रिफर गरेको थियो । उहाँलाई चितवन मेडिकल कलेजमा उपचारको लागी लगिएको पु¥याइएको भएपनि उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

बिरामी थापाको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा १९ गते मृत्यु भएको थियो । भीमसेन थापा गाउँपालिकामा स्क्रब टाइफस अन्य बिरामीहरु फेला नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । केही महिना अगाडी मात्रै गोरखाको आरुघाट गाउँपालिकामा ३५ जना सो रोगले संक्मण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology