काठमाडौ १९, कार्तिक । खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा आज साझ चार जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-१२ स्थित चक्रबहिलमा साँझ ६:४५ बजे भएको उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको ललिपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो।
घरको तेस्रो तलामा सिलिण्डर पड्किएको उहाँको भनाइ छ। सिलिण्डर के कारणले पड्कियो भन्ने खुलिनसकेको एसएसपी बज्रचार्यले बताउनुभयो।
मृत्यु हुनेमा ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उहाका छोराको मृत्यु रहेको बताइएको छ । म्ह: पूजाको तयारी गर्दै गर्दा उक्त दुर्घटना भएको बताइएको छ। घटना २ जना घाइते भएको प्रहरीले जनाएको छ ।