गोरखा १९ कार्तिक । गोरखामा आमा छोरी माथी रड प्रहार गरि घाइते बनाएर लुटपाट भएको छ । जिल्लाको पालुङटार नगरपालिका वाड नम्बर ७ च्याङलीमा डुम्रे बजारबाट घर फर्कदै गरेका आमाछाेरी माथि रड प्रहार गरेर अज्ञात समूहले गरगहना लुटेकाे हो ।
आज साझ करिब ७ बजेको समयमा घरनजिकैकाे भाेटेनी खाेला आईपुगेका मजुवा निबासी बर्ष ६० कि भिमकुमारी क्षेत्री र निजकी छाेरी बर्ष २१ की अम्बिका क्षेत्री माथी अज्ञात समुहले रड प्रहार गरि घाइते बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटेराहरुले दुबै जनालाई बाटो बाट करिब १ सय मिटर तल घिसारेकाे बताइएको छ। लुटेराहरूले उनीहरूकाे शरीरमा भएका गहनाहरू लुटेर भागेकाे र केहि समयपछि मात्र स्थानीयले घटनाको जानकारी पाएपछि उद्दार गरि उपचारका लागि डुम्रे लगिएकाे छ ।
दुबै आमछाेरीकाे टाउकाे तथा हातहरूमा चाेट लागेकाे छ। घटनास्थलतर्फ अस्थायी प्रहरी पाेष्ट बिरूवाटारबाट प्रहरी गइसकेको छ ।