गोरखा १९, कार्तिक । गोरखाका एक युवक अबैध लागू औषध सहित पक्राउ परेका छन । काठमाडौंको म्हेपीबाट धार्चेका २२ बर्षका मानबहादुर गुरुङ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
एघार किलो ५०० ग्राम अवैध लागूऔषध चरेश सहित तारकेश्वर नगरपालिका ११ जरङ्खु बस्ने गोरखा जिल्ला धार्चे गाउँपालिका २ केरौजा घर भएका २२ वर्षीय गुरूङ संगै अन्य ५जनालाई प्रहरीले पक्राउ गरेको हो ।
म्हेपी मन्दिर नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।