Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जुवातासको खालबाट ९ जना पक्राउ : को-को परे पक्राउ हेर्नुहोस !


13K
Shares

गोरखामा जुवातासको खालबाट ९ जना पक्राउ : को-को परे पक्राउ हेर्नुहोस !

गोरखा १९ कार्तिक । गोरखा बजारबाट जुवा–तास खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को चाईनिजधारा क्षेत्रमा जुवा–तास खेल्दै गरेका ९ जनालाई गएराती गोरखा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानिय मन्दिप श्रेष्ठको भोक लाग्यो खाजा घरमा जुवा–तास खेल्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गोरखा नगरपालिका ८ घरबेटी मन्दिप श्रेष्ठ, विवश केसी, जिवन विसी, तनहुँ आँबुखैरेनी गाउँपालिका ६ घरभएका किसान गुरुङ, रौतहट जिल्ला गरुढा नगरपालिका २ घर भएका फेकु सहानी, महोत्तरी जिल्ला गौशाला नगरपालिका ७ का भुपेन्द्र शाह, गोरखा जिल्ला गोरखा नगरपालिका ६ का गणेश बराम र शहिद लखन गाउँपालिका ८ का रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट १ बुक तास सहित १ लाख १ हजार ८०० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।

पक्राउ परेका सबैलाई जुवातास ऐन अन्तरर्गत कारवाही अगडी बढाउने तयारी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology