गोरखा १८,कात्तिक । नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट–काठमाण्डौ सम्पर्क समन्वय समितिका सदस्य शिव आलेको निधन भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–५, स्थित रानागाँउ घर भएका रानाको आज बिहान आकस्मिक निधन भएको हो ।
काठमाडौं सरकारी धारामा मोटरसाईकल वर्कसप सञ्चालन समेत गर्दै आउनु भएका आलेको अल्पायुमै निधन भएको नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट काठमाण्डौ सम्पर्क समन्वय समितिले जनाएको छ ।
स्वर्गिय आलेको पार्थिव शरिरमा नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको छ । पशुपति आर्यघाटमा पुगेर नेता श्रेष्ठले आलेको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण गर्नूभएको हो । आलेको आज नै पशुपती आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।