Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा देउसी भैलो खेल्दै हुनुहुन्छ : यस्तो गर्यो प्रसासनले निर्णय !


5.1K
Shares

गोरखामा देउसी भैलो खेल्दै हुनुहुन्छ : यस्तो गर्यो प्रसासनले निर्णय !

गोरखा १८, कात्तिक । जिल्ला प्रसासन कार्यालय गोरखाले यस बर्षको तिहारमा देउसी भैलो खेल्नका लागि राती ८ बजेसम्मको समय मात्र निर्धारण गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला देउसी भैलो खेल्नेहरुको लागी सयम सिमा तोकिदिएको छ । कोरोना महामारी संगै विगत २ बर्षदेखि लगाउदै आएको प्रतिबन्ध फुकुवा गर्दै प्रशासनले यस बर्षदेखि परम्परागत देउसी भैलो खेल्न अनुमति दिएको हो । तर देउसी भैलो खेल्नेहरुले रातको ८: ०० बजेसम्म खेली सक्नुपर्ने जनाएको छ ।

त्यस्तै प्रशासनले जारी गरेको सूचनामा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले चाडपर्व जन्य गतिविधि सञ्चालन गर्दा सार्वजनिक यातायात र अनावश्यक भिडभाड नगरी स्वास्थ्य मापदण्ड पुरा गरेर मर्यादित र अनुशासित रुपमा रातको ८:०० बजेसम्म सञ्चालन गर्न भनेको छ ।

कोरोना महामारी लगत्तै प्रशासनले देउसी भैलोमा प्रतिबन्ध लगाएको भएता पनि महामारी कम भएका कारण यो बर्ष भने देउसी भैलो खेल्न समय सिमा तोकीदिएको हो । गोरखा जिल्लामा बिगत २ बर्षदेखी देउसी भैलो कार्यक्रम हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology