Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका एक युवक सहित २ जना मानव बेचबिखनको आरोपमा पक्राउ


8.9K
Shares

गोरखाका एक युवक सहित २ जना मानव बेचबिखनको आरोपमा पक्राउ

गोरखा १७ कात्तिक ।  मानव बेचबिखन तथा ओसारपसारको आरोपमा गोरखाका एक युवक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ ध्याल्चोकका २४ बर्षका बिराज रानामगर र तनहुँ आँबुखैरेनी गाउँपालिका २ घर भएका २६ बर्षका अर्जुन पन्त रहेको प्रहरीले जनाएको छ ।

उनिहरु कास्कीको पोखरा महानगरपालिका–८, जाल्पारोड स्थित संगीना खाजा घरका सञ्चालक रहेको बुझिएको छ । पक्राउ परेका दुवै जनाले महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी तथा डर त्राससमेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । मंगलबार राति एक महिलालाई जबरजस्ती मोटरसाइकलमा राखेर लैजाँदै गरेको अभियोग पनि उनिहरु माथी लागेको छ ।

होटलमा महिलाहरूलाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता हमालले बताउनुभयो । पक्राउ परेका दुवै जना माथि बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology