Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु


4.3K
Shares

ट्याक्टर दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट १७, कात्तिक । ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । दुर्घटनामा नलगाड नगरपालिका–५ का ३५ वर्षका चङ्कलाल विक, २५ वर्षका सुरेश खत्री र ६२ वर्षका बलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षका विनोद परियार घाइते हुनु भएको छ । घाइते परियारलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा सडकबाट झन्डै २ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति पौने १२ बजे दुर्घटना भएको हो ट्याक्टरमा ४ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology