Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पिसाब फेर्न गएकी युवतीको भीरबाट लडेर मृत्यु


3.2K
Shares

पिसाब फेर्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

नागरिक सवाल
नवलपरासी १५, कात्तिक । पिसाब फेर्न भनेर गएकी युवतीको भीरबाट लडेर मृत्यु भएको छ । आज दिउँसो करिब सवा १२ बजे नवलपरासी पूर्वका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २मा २७ बर्षकी भारतीय युवतीको पिसाब फेर्न जाँदा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेट युपी ७६ एसएल २५१० कारमा सवार ५ जना मध्ये भारतको उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्री पिसाब फेर्न भनि सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्नु भएको थियो । भीरबाट लडेर गम्भीर भाइते हुनुभएकी उहाँको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology