Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा बि.क


7.2K
Shares

गोरखामा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा बि.क

गोरखा १४, कात्तिक । नेकपा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको अध्यक्षमा बाबुराम बि.क सर्वसम्मत चयन हुनुभएको छ । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको दोस्रो जिल्ला परिषद्को बैठकले बि.कको अध्यक्षतमा ३९ सदस्सीय जिल्ला समन्वय समिति गठन भएको नवगठित समितिका सचिव शिवकुमार यादवले जानकारी दिनुभयो ।

परिषद्ले संगठनको बरिष्ठ उपाध्यक्षमा गोपाल मरहट्टा, उपाध्यक्षमा गणेश सेढाई, तेजबहादुर नेपाली, उत्तम बराम, महिला उपाध्यक्षमा देवकी भट्टराई, सचिवमा शिवकुमार यादव, अर्थ सचिवमा मीनबहादुर नेपाली, चयन गरेको सगठनले जनाएको छ । त्यस्तै संगठनको सहसचिवमा नेत्रलाल श्रेष्ठ, सुनिल अग्गाई र कृष्णप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

परिषद् बैठकको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद अधिकारीले शिक्षकहरु समाजको ऐना भएकाले समाजलाई अग्रगमनको दिशामा हिडाउन शिक्षकहरुको अहम भूमिका हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समितिका इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेखबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology