जनकपुर १४, कात्तिक । फोहोर व्यवस्थापनमा ध्यान नदिएपछि नगरप्रमुख घर अगाडी नै जनप्रतिनिधिहरुले फोहोर थुपारी दिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका फोहोरको उचित व्यवस्थापन गर्न ध्यान नदिएपछि वडाध्यक्षहरुले नगरप्रमुखको घर अगाडी लगेर फोहोर थुपारी दिएका हुन् ।
नगरप्रमुख लालकिशोर शाहको घर अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले फोहोर थुपारेका हुन्।
ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए। जनप्रतिनिधिहरुले सांकेतिक बिरोध स्वरुप नगरप्रमुखको घर अगाडी फोहोर लगेर प्याकेका हुन् ।