काठमाण्डौं १३, कात्तिक । गुडिरहेको मोटरसाईकल रुखमा ठोक्किन पुग्दा आज साँझ एक युवकको मृत्यु भएको छ । पूर्वी नवलपुरको चोरमारा बजारबाट अमृसा गाउँतर्फ जाँदै गरेको मोटरसाईकलमा रुखमा ठोक्किन पुग्दा चोरमाराका ३० बर्षिय नेत्रबहादुर मिदुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिदुन आफैले चलाएको मोटरसाईकलमा रुखमा ठोक्किएको प्रहरीको भनाई छ । दुर्घटनामा परि गम्भीर भाइते भएका मिदुनको उद्धार गरि उपचारका लागि डण्डा अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ । मोटरसाइकल रुखमा ठोक्किएर एक युवकको मृत्यु भएको छ ।